Tuesday, September 1, 2015

बाराको कलैयामा प्रहरीको गोली लागेर एकजनाको मृत्यु १० जनाको अवस्था गम्भीर

बाराको कलैयामा प्रहरीको गोली लागेर एकजनाको मृत्यु

१० जनाको अवस्था गम्भीर

२०७२ भदौ १५ गते १५:१७ मा प्रकाशित
 71  2 
  0
सुभाषप्रसाद साह
१५ भदौ, कलैया । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन तराई-मधेस बन्दको १७ औं दिन कलैयामा आन्दोलनकारी र प्रहरीबीच मंगलबार बिहानै झडप हुँदा एक जनाको मृत्यु भएको छ । तीस जना भन्दा धेरै आन्दोलनकारी घाइते भएका छन् ।
बाराको कलैयामा प्रहरी र प्रदर्शनकारी । फाइल तस्वीर
बाराको कलैयामा प्रहरी र प्रदर्शनकारी । फाइल तस्वीर
स्थिति तनावग्रस्त भएपछि प्रहरीले चलाएको गोली लागेर कलैया-१० रगंपुरका २० बर्षीय हिफाजत मियाँ अन्सारीको मृत्यु भएको हो ।

प्रहरीसँगको झडपमा ३० भन्दा बढी आन्दोलनकारी घाइते भएका छन् । घाइते मध्ये १० भन्दा बढीको अवस्था गम्भीर छ । घाइतेहरुको कलैया अस्पतालमा उपचार भइरहेको छ । अधिकांश घाइतेहरुको टाउको, छाती, पेट, हात र खुट्टा गोली लागेको छ ।
कलैयाको भरत चोक, मछरहटा चोक, बालमन्दिर चोक सहितका ठाउँमा आन्दोलनकारी र प्रहरीबीच अहिले पनि दोहोरो भडप भइरहेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ । आन्दोलनकारीहरुले ढुंगा र गुलेली प्रहार गरिरहेका छन् ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं 

No comments:

Post a Comment