Thursday, September 3, 2015

बर्दियामा प्रदर्शनकारीको आक्रमणबाट प्रहरी हबल्दारको मृत्यु

बर्दियामा प्रदर्शनकारीको आक्रमणबाट प्रहरी हबल्दारको मृत्यु

२०७२ भदौ १८ गते ११:३६ मा प्रकाशित
१८ भदौ, गुलरिया । बर्दियाको मैनापोखर बजारमा प्रदर्शनकारीको आक्रमणमा परेका प्रहरी हबल्दार देबबहादुर पाण्डेको उपचारको क्रममा मृत्यु भएको छ । बर्दियाको गुलरिया-नेपालगञ्ज सडकखन्ड अन्तर्गत मैनापोखर बजार नजिकै प्रहरी हबल्दार पाण्डेमाथि आक्रमण भएको थियो ।
Bardiya-Map-Final
उनको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले अनलाइनखबरलाई जानकारी दिए । उनले भने, ‘धारिलो हतियार प्रहार भएको थियो अत्यधिक रक्तश्रावले मृत्यु भयो ।’
यसअघि गत सात गते कैलालीको टीकापुरमा प्रदर्शनकारीसँग झडप हुँदा एक एसएसपीसहित ९ जनाको मृत्यु भएको थियो ।

प्रहरीले स्कोटिङ गरेर बर्दिया तर्फ लैजाँदै गरेको बसलाई शुक्रबार विहान प्रदर्शनकारीहरुले रोकेपछि मैनापोखरमा झडप भएको थियो । घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएको समूहसँग झडप भएपछि आत्मरक्षाका लागि प्रहरीको तर्फबाट चार-पाँच राउण्ड हवाइ फायर भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले पुष्टि गरे । बन्दकर्ताले इलाका प्रहरी कार्यालय मैनापोखरमा ढुंगामुढासमेत गरेका थिए ।
कसरी भयो झडप ?
शुक्रबार विहान काठमाडौंबाट बर्दिया सदरमुकाम गुलरिया तर्फ आइरहेका रात्री बसहरुलाई आन्दोलनकारीहरुले मैनापोखरमा रोकेका थिए । प्रहरीले स्कोटिड गरी गाडी गुलरिया लैजान खोज्दा विवाद भयो । त्यही क्रममा आन्दोलनकारीहरुले प्रहरी माथि घरेलु हतियार र ढुंगा प्रहार गरेपछि स्थिति तनावपूर्ण भयो ।
एक व्यक्तिले पाण्डेलाई भाला प्रहार गरे । उनी भुइँमा लडे । त्यसपछि प्रहरीले आत्मरक्षाका लागि हवाइ फायर गरेको थियो । झडपमा आन्दोलनकारी तर्फ पनि केही घाइते भएको बताइको छ । तर  एकीन विवरण प्राप्त हुन सकेको छैन ।
थप फोर्स परिचालन, एकजना पक्राऊ
अहिले सो क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरिक्षकलाई पठाइएको प्रमुख जिल्ला अधिकारी कुँवरले बताए । अहिले अवस्था सामान्य रहेको र आन्दोलनकारीहरु तितरवितर भएको उनले जानकारी दिए ।
यसैबीच बर्दियाको बासगढी नगरपालिका ८ खानेपानी चोकमा पार्किड गरी राखिएको से ४ प २३० नम्वरको मोटरसाइकलमा विहीबार आगजनी गरेको आरोपमा सुशीलदत्त थारु (सुरेस)लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक गोविन्दराम परियारले जानकारी दिए ।
-दीपक शर्माको सहयोगमा
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
   प्राप्त प्रतिकृयाहरू (१२)
  • Bharat,jhapa लेख्नुहुन्छ    |   २०७२ भदौ १८ गते ११:०६
    आन्दोलन पनि विचित्रको, शान्तिपूर्ण आन्दोलनमा विश्वास नगरने राष्ट्रघातीहरु ……..कोही आउ सडकमा मरेउ भने ५० लाख दिन्छु भन्दैछन, कोही आन्दोलनको नाममा हतियार लिएर आउछन…. कोही प्रहरिलाई लखेटी लखेटी जिउदै प्रशविक तवरले जलाउदै हत्या गर्छन् …..सर्वजनिक सम्पत्तिमा आगो झोस्छन, तोडफोड र बर्बर्तापूर्ण गुरिल्लाको जस्तो काम गर्छन् अनी यिनिहरु नै आन्दोलनमा सहयोग गर्दिनु परो भन्दै शरणमा हात जोडछन र गुण्डागर्दिका नाइकेहरु, तस्करहरु सग साठगाठ गर्दै निहत्था जनताको बली चढाउछन अनी भन्छन यसको जिम्मा सरकारले लिनुपर्छ !!
    यसमा जनमानस सचेत बनौ र मधेशका सामन्तिहरुका सन्तानलाइ स्वार्थ र सत्ताको आन्दोलनमा बली चढाउन भनौ……… कोही आमा ५० लाख त के ५० करोडमा नि आफ्नो काख रित्याउन तयार हुँदैनन र हुने छैनन ……… यिनिहरु सामाजिक सदभाव भडकाउन खरिद बिक्री भएका देशद्रोही हुन यिनिहरुलाई कानुनी कठघरामा ल्याउनैपर्छ,……!
    संघियता नेपाल-भारतको जङ्गे पिल्लर होइन, यसलाई विकसित र परिमार्जन गर्दै लैजाने हो कुनै पनि उत्पिडन, शोसण, दमन, असमानता आदिको मुक्ती जातबाट हुँदैन त्यो समुदायको वर्गबाट हुनुपर्छ । जातको कुरा भनेको सम्बन्धित समुदायको हुनेखानेको भोलिको राज हो तसर्थ यहाँ वास्तविकता बुझौ र संबिधान निर्माणलाई सार्थक बनाएर सम्रिद्दिको बाटोका अप्ठयाराहरुलाई परिमार्जन गर्दै लैजानु आवश्यक छ ।
    Like or Dislike: Thumb up 5 Thumb down 1
  • PS Travel Point Tours लेख्नुहुन्छ    |   २०७२ भदौ १८ गते ११:२२
    यो अराजक मानसिकताबाट हामी सबै माथि उठौ । दोशी माथि कडा भन्दा कडा कार्वाई होस् |||
    Like or Dislike: Thumb up 20 Thumb down 4
  • Tara Bahadur Sunar लेख्नुहुन्छ    |   २०७२ भदौ १८ गते ११:३९
    यसरी कतिदिन सम्मा नेपाली हरुले बिरगती prapta garne हुन सरकारले छिटो samasyako समाधान गर्नु paryoni
    Like or Dislike: Thumb up 13 Thumb down 0
  • गोविन्द बहादुर कार्की लेख्नुहुन्छ    |   २०७२ भदौ १८ गते ११:४७
    दोशी माथि कडा भन्दा कडा कार्वाई होस् |
    Like or Dislike: Thumb up 4 Thumb down 0
  • kandel लेख्नुहुन्छ    |   २०७२ भदौ १८ गते ११:४८
    yastai ho bhane nepal sarkar le chheti purti dida didai desh ko dhukuti sakinxa. sabailai sahid ghosada garnu paryo ani. malai aaru kehi lekhnu xaina . kina ke aatanka kari lai bhanera lagne haina kere…
    Like or Dislike: Thumb up 1 Thumb down 0
  • sarita लेख्नुहुन्छ    |   २०७२ भदौ १८ गते ११:५२
    हैन अब कहैल सम हरर बस्न यस्तो ।।?? परहरे लाई हतेरे नदन ल अब तस्को परवीर लाई हर्छ।।।?? के फोरम मदसे को नत जते सबै लाई मरर दस दस लख दादा हुन्छ वन म पने तस्तै गर्चो हैन वन योनुहरो को कुर्सेको लगे किन निर्दोस नेपाली रस्त्र्य सयक यसरे मरन्चन ह ???? यस्को जयफ को सँग छ्।।।??? साला बन्दकर्त हरु तरो मग तरो नत सँग मग तरो दम छ वन हैन वन कार्तिक कुकुर जस्तो रोदे म nafure…..
    Like or Dislike: Thumb up 0 Thumb down 0
  • kiran Acharya लेख्नुहुन्छ    |   २०७२ भदौ १८ गते १२:००
    भारतीय दलालहरूकाे उक्साहटमा यस्ताे घट्ना भइरहेकाे छ हवल्दारलाइ नी बझाएछन । सुरक्षा कर्मीलाइ त पहिले कहिल्यै यसरी ढाल्दैन थे । सूरक्षा अंगलाइ जिस्क्याएर धेरै जनधनकाे क्षती पुर्याउने र मधेश टुक्राउने लक्ष्य जस्ताे छ हाेशियार रहनु नेपालीकाे लागि कल्याण हाे । दलालहरू राजेन्द्र महताे अमरेन्द्र सिं तथा उपेन्द्र यादब सँग हाेशियार नेपाली जनताहरू । काँग्रसले उसकाे सभसद अमरेन्द्र सिं लाइ कारबाही गर्न नसक्नुकाे प्रमुख कारण नी उ भारतीय गुप्तचर संस्था र काे एजेन्ट भएर हाे ।।।
    Like or Dislike: Thumb up 2 Thumb down 0
  • Rajan लेख्नुहुन्छ    |   २०७२ भदौ १८ गते १२:०१
    Aba yo desh ma ki raaja farkinu paryo, ki army shashan laagu hunu paryo. Yi Chaar jana thekedaar haru le nepali lai milera basi khana dine bhayenan!!!
    Like or Dislike: Thumb up 1 Thumb down 0
  • ma nepali chora लेख्नुहुन्छ    |   २०७२ भदौ १८ गते १२:०२
    he bhagwan yo k sunu paryo,pheri aarko dukhad ghatana
    Like or Dislike: Thumb up 2 Thumb down 0
  • Tharu लेख्नुहुन्छ    |   २०७२ भदौ १८ गते १२:११
    Heh Bhagwan malai Raksha Gar ?????????? Tharu Ko name ma ke hudaich6??????. Oli le Yuba parichalan garer desh ka janta lai mare. Deupa & Rawal le Akhanda Pashichim Ra Chaudhary le Tharuwan vaner mare??????????? Ma kaha jaau
    Like or Dislike: Thumb up 1 Thumb down 0
  • Bishwo लेख्नुहुन्छ    |   २०७२ भदौ १८ गते १२:१४
    जती नेपाली बाchकाछन आफ्नै पौरख्का भरमा बचेका छन । नaलaयक सरकारले केही मखो मरेको होइन । भुकम्प पीडित प्रती पनि सम्वेदन्शिल न भई पुनानीर्मान प्राधिकरण एइन ल्याउन न चाहने सरकार जनता को सरकार हो भनेर कसरी विश्वाश गर्ने? धिक्कअर छ हाम्रो भाग्यलाई। लोकतन्त्र एस्तो हुन्छ भन्ने थाहा पaएको भये === दिक्क लाग्छ ।
    Like or Dislike: Thumb up 0 Thumb down 0
  • janga bahadur लेख्नुहुन्छ    |   २०७२ भदौ १८ गते १२:१८
    सरकार सेना परीचलन गर
    कर्फु लगा
    अनी हेरम त को आउदो रहेछ
    आन्दोलन गर्न
    Like or Dislike: Thumb up 0 Thumb down 0

यसमा तपाइको मत




रोमनबाट नेपालीमा लेख्न 'ने' मा क्लिक गर्नुहोस् ।

No comments:

Post a Comment