Tuesday, September 1, 2015
बाराको कलैयामा प्रहरीको गोली लागेर एकजनाको मृत्यु १० जनाको अवस्था गम्भीर
बाराको कलैयामा प्रहरीको गोली लागेर एकजनाको मृत्यु
१० जनाको अवस्था गम्भीर
२०७२ भदौ १५ गते १५:१७ मा प्रकाशित
71 2
0
सुभाषप्रसाद साह
१५ भदौ, कलैया । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन तराई-मधेस बन्दको १७ औं दिन कलैयामा आन्दोलनकारी र प्रहरीबीच मंगलबार बिहानै झडप हुँदा एक जनाको मृत्यु भएको छ । तीस जना भन्दा धेरै आन्दोलनकारी घाइते भएका छन् ।
स्थिति तनावग्रस्त भएपछि प्रहरीले चलाएको गोली लागेर कलैया-१० रगंपुरका २० बर्षीय हिफाजत मियाँ अन्सारीको मृत्यु भएको हो ।
Monday, August 31, 2015
पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
आन्दोलनकारीले भूमिगत समूहलाई भेट्दै
१४ भदौ, काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भदौ ७ मा झापा, विर्तामोडको सभालाई सम्बोधन गरे। लगत्तै काँकडभिट्टा हान्निए। सीमावर्ती सहर काँकडभिट्टा पुगेपछि गाडी र सरकारले सुरक्षामा खटाएको नेपाल प्रहरीका पिएसओ यतै छाडे। र, यादव सिमापारि गए। सद्भावना पार्टीका केन्द्रीय सदस्य किशोरदयाल...मठमन्दिर पुनर्निर्माण गर्न ८५ करोड इँटा चाहिने
१४ भदौ, काठमाडौं । विनाशकारी भूकम्पले ध्वस्त उपत्यकाका मठमन्दिर पुनर्निर्माण गर्न कम्तीमा ८५ करोड इँटा आवश्यक पर्ने देखिएको छ । पुरातत्व विभागले गरेको ‘इस्टिमेट अध्ययन’बाट उपत्यका भित्रका मठमन्दिर पुनर्निर्माणमा कम्तीमा ८५ करोड इँटा लाग्ने देखिएको हो । उक्त इन्टिमेट अनुसार एउटा सामान्य खालको मठमन्दिर...मुख्य सचिव र सचिवका गाडीलाई ट्राफिकले रोक्न नपाउने !
१४ भदौ, काठमाडौं । सरकारका मुख्यसचिव र सचिव अब मन्त्रीकै जसरी गाडीमा राष्ट्रिय झन्डा फहराएर गुड्ने भएका छन् । गाडीमा पदअनुसारको लोगो र चिह्नसमेत अंकित गरिने भएको छ । मुख्यसचिव, सचिव र सहसचिवहरूले विभिन्न स्थानमा जाँदा पदअनुसार सुविधासहित सम्मान नपाएको भन्दै सरकारले उनीहरू चढ्ने...स्कर्टिङका गाडीमा पनि ढुंगा प्रहार
१४ भदौ, झापा । राजमार्गमा राति प्रहरी स्कर्टिङ गरी सार्वजनिक सवारीसाधन सञ्चालन गरिएपनि अधिकांश गाडी गन्तव्यमा सग्ला नपुगेको गुनासो यातायात व्यवसायीले गरेका छन् । करिब तीन सातादेखिको बन्दका कारण पूर्व-पश्चिम राजमार्गमा सहज रुपमा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । झापाको बुधबारबाट काठमाडौं रुटमा चल्ने...
Subscribe to:
Posts (Atom)