Monday, August 31, 2015

वीरगञ्जमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ८ घाइते प्रहरीद्वारा २० राउण्ड हवाइ फायर, स्थिति तनावग्रस्त

वीरगञ्जमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ८ घाइते

प्रहरीद्वारा २० राउण्ड हवाइ फायर, स्थिति तनावग्रस्त

२०७२ भदौ १४ गते १२:५७ मा प्रकाशित
 155  17 
  1
फाइल तस्वीर
फाइल तस्वीर
१४ भदौ, बीरगञ्ज । पर्साको वीरगञ्जमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताहरुबीच झडप भएपछि स्थिति तनावग्रस्त भएको छ । वीरगञ्जको नगवाचोक क्षेत्रमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २० राउण्ड हवाइ फायर गरेको छ ।
झडपमा ८ जना घाइते भएका छन् । घाइतेहरुहको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।

बाइपास सडकको नगवा चोकमा मोर्चाका कार्यकर्ताहरुले सडक अबरुद्ध पारेर विरोध प्रदर्शन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । अहिले पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भैरहेको छ ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




रोमनबाट नेपालीमा लेख्न 'ने' मा क्लिक गर्नुहोस् ।

विच

No comments:

Post a Comment