Wednesday, August 26, 2015

टीकापुर घटनामा संलग्न रहेको आरोपमा फोरम लोकतान्त्रिकका नेता पक्राउ -onlinecurentnews.com

Tikapir-jhadap
९ साउन, काठमाडौं । कैलालीको टीकापुरमा एसएसपीसहितका सात सुरक्षाकर्मीको हत्यामां संलग्न भएको आरोपमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका क्षेत्रीय अध्यक्षसहित १० जना पक्राउ परेका छन् ।
प्रहरीले फोरम लोकतान्त्रिकका क्षेत्रीय अध्यक्ष ४४ वर्षका रामप्रसाद चौधरीलाई पक्राउ गरेको हो ।
यस्तै जोशिपुर–४ बस्ने ३५ बर्षीय सुन्दरलाल चौधरी, ५५ बर्षीय खड्क बहादुर चौधरी, दरख–६ नारायणपुर बस्ने १७ बर्षीय राम जनम चौधरी, मनुवा–१ बस्ने २० बर्षीय राम कुमार खठरीया, २७ बर्षीय सन्दरलाल कठरिया, २० बर्षीय दिल बहादुर चौधरी, २४ बर्षीय राजकुमार कठरिया मनुवा–४ बस्ने २२ बर्षीय हरि नारायण चौधरी र भजनि–५ बस्ने ४१ बर्षीय प्रेमबहादुर चौधरी पनि पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ ।
थारु समुदायको आन्दोलनका क्रममा सोमबार भएको हिंसात्मक झडपमा एपएसपी लक्ष्मण न्यैपानेसहित सात सुरक्षाकर्मी र दुई वर्षे बालकको मृत्यु भएको थियो ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




रोमनबाट नेपालीमा लेख्न 'ने' मा क्लिक गर्नुहोस् ।

- See more at: http://www.onlinekhabar.com/2015/08/317258/#sthash.3ik30E5c.dpuf

No comments:

Post a Comment