Thursday, August 27, 2015

जातीय र धार्मिक आन्दोलनमा लाग्ने एमालेलाई ठाउँको ठाउँ कारवाही ! - See more at: http://www.onlinekhabar.com/2015/08/317643/#sthash.yswGgTmi.dpuf

जातीय र धार्मिक आन्दोलनमा लाग्ने एमालेलाई ठाउँको ठाउँ कारवाही !

सामाजिक सदभाव कायम गर्न ११ बुँदे बिशेष निर्देशन

२०७२ भदौ १० गते १२:५१ मा प्रकाशित
 58  11 
  0
१० भदौ, काठमाडौं । नेकपा एमालेले पार्टीका कुनै पनि सदस्य वा जनसंगठनका व्यक्तिहरु जातीय,धार्मिक र क्षेत्रीय समुहले गरेका आन्दोलन तथा अराजक गतिबिधिमा संलग्न रहेको पाइए ठाउँको ठाउँ कारवाही गर्ने भएको छ ।
पार्टीको आधिकारिक निर्णय विपरित गतिबिधि गर्नेहरुलाई निगरानीमा राखेर सम्झाउने र सम्झाउँदा नमाने सम्बन्धित कमिटीले बिधान बमोजिम कारवाही गर्ने सर्कुलर सबै जिल्ला र जनसंगठनमा पठाइएको छ ।

महासचिव इश्वर पोखरेलले जारी गरेको सर्कुलरमा भनिएको छ- हाम्रो पार्टीका कुनै पनि कमिटी, सदस्य या जनसङ्गठनका व्यक्तिहरू अन्य समूहले आयोजना गरेका अराजक गतिविधिमा सहभागी नहोउन् भन्ने कुरामा दृढ रहने । कोही सहभागी भएको भए सम्झाइबुझाइ गरी अलग गराउने । पार्टी नीति विपरित गतिविधि गर्ने सदस्य/कमिटीलाई विधानबमोजिम आवश्यक कार्बाही गर्ने । त्यसको जानकारी पार्टी केन्द्रमा दिने ।
एमालेले कार्यकर्तालाई पठाएको सर्कुलर कुनै पनि जाति, भाषा,धर्म र समुदाय विरुद्ध बोल्न,लेख्न समेत निषेध गरेको छ । कुनै जातीय समूहको आन्दोलनका क्रममा भएका अपराधिक घटनालाई लिएर समग्र समुदायलाई दोष लगाउने गरी कुनै प्रचार नगर्न समेत एमालेले कार्यकर्तालाई निर्देशन दिएको छ ।
सर्कुलरमा भनिएको छ-अपराधीहरूको कुनै विचारधारा, जात, वर्ण या पार्टी नहुने र तिनीहरू नितान्त अपराधी नै हुने हुनाले व्यक्ति/समूह विशेषले गरेका अपराधकर्महरूको चर्चा गर्दा कुनै पनि जात-जाति, भाषा-भाषी, धर्म-संस्कृति या आस्था, राजनीतिक दल या समूह विशेषको प्रतिष्ठामा आँच आउने जस्ता गल्ती नगर्ने । यस्ता कुरामा निरन्तर सजग रहने ।
एमालेको ११ बुँदे विशेष निर्देशन सम्बन्धित अन्चल र जिल्लाका इन्चार्ज मार्फत कार्यकर्ताहरुसम्म पठाइएको छ । भदौ ८ गते पठाइको विशेष निर्देशनमा कुनै पनि भागमा हुन सक्ने साम्प्रदायीक गतिबिधिको सूचना केन्द्रमा पठाउन भनिएको छ ।
संविधान जारी हुने दिन नजिकिँदै गर्दा मुलुकका विभिन्न भूभागमा अराजकता उत्पन्न गर्ने, हिंसा फैलाउने, जनताका असन्तुष्टिलाई गलत दिशामा मोड्ने र साम्प्रदायिक- सामाजिक सदभाव बिथोल्ने लगायत गतिविधि हुन थालेकाले यो निर्देशन दिनुपरेको एमालेले जनाएको छ ।
एमालेको सर्कुलरमा भनिएको छ-यस्तो अवस्थामा, सिङ्गो पार्टी पङ्ति, पार्टीसम्बद्ध सबै जनसङ्गठन र हरेक पार्टी सदस्यले एकतावद्ध, क्रियाशील र रचनात्मक ढङ्गले संविधान निर्माणका लागि प्रभावकारी भूमिका खेल्नु, यसका लागि उपयुक्त वातावरण निर्माण गर्नु र समाजमा शान्तिसुरक्षा एवं सामाजिक सदभाव कायम राख्न अगुवाइ गर्नु अत्यावश्यक छ ।
यसकारण सर्कुलर
एमालेका एक नेताले बिभिन्न जातीय आन्दोलन,हिन्दू राज्यको आन्दोलन लगायत अखण्ड आन्दोलनहरु कतै पनि एमालेका कार्यकर्ता नलागुन् भनेर यो विशेष निर्देशन जारी गरिएको हो ।
कुनै पनि जाति समुदायका जायज माग छन् भने पार्टीको च्यानल र संविधानसभाको बैधानिक फोरमबाट राख्न एमालेले निर्देशन दिएको छ । संविधान बन्ने बेलासम्म जायज माग सम्बोधन हुने नेताहरु बताउछन् ।
अहिले हुने जुनसुकै आन्दोलनमा पनि संविधान जारी हुन नदिने र देशमा भाँडभैलो मच्चाउन खोज्ने राजनीतिक दलका कार्यकर्ता र पूर्व लडाकुहरुका साथै सिके राउत प्रवृति समेत घुस्न थालेकाले एमालेले आफ्नो कार्यकर्तालाई सतर्क गराएको उनले बताए ।
हेर्नुस् एमालेको सर्कुलर
UML-cercular-1
UML-cercular-2
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन

यसमा तपाइको मत




रोमनबाट नेपालीमा लेख्न 'ने' मा क्लिक गर्नुहोस् ।

- See more at: http://www.onlinekhabar.com/2015/08/317643/#sthash.yswGgTmi.dpuf

No comments:

Post a Comment