Thursday, August 27, 2015

रौतहटमा एमाले पार्टी कार्यालयमा आगजनी onlinecurentnewsblogsport.com

UML-offfice-aagjanai
गौतम श्रेष्ठ
१० भदौ, रौतहट । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका कार्यकर्ताले एमाले रौतहट जिल्ला कार्यालयमा आगजनी गरेका छन् ।

मोर्चा कार्यकर्ताहरुले बन्द रहेको एमाले पार्टी कार्यालयको झ्यालबाट मट्टतिेल छर्केर कोठा भित्र आगो लगाएका हुन् । आगलाजीका कारण कार्यालयमा रहेका फर्निचर तथा कुुर्सीहरु जलेका छन् ।
प्लास्टीकको बोतलमा मटितेल हालेर झ्यालबाट भित्र फालिएको र सोही कारणले आगो लागेको प्रहरीले बताएको छ । आगजनी गर्नेहरुको खोजतलास शुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
ठाकुरको शव अझै उठेन
यसैबीच मंगलवार सुरक्षाकर्मीको गोली लागी मृत्यु भएका मठिया ६ का राजकिशोर ठाकुरको शव अझै पनि जिल्ला अस्पताल गौरमै रहेको छ ।
मृतकका आफन्तजन शव बुझ्न मानेका छैनन् । स्थानीय प्रशासनले परिवारजनलाई शव जिम्मा लगाउने तयारी भइरहेको बताए पनि आन्दोलनरत मोर्चाका नेताहरुले मृतकलाई शहिद घोषणा गर्नु पर्ने, उचित क्षतिपूर्तिसहित घटनास्थलमा ठाकुरको स्मारक बनाउनु पर्ने लगायतका पाँचबुँदे माग राखेको मोर्चाका संयोजक तमलोपाका जिल्ला अध्यक्ष बाबुलाल साहले बताए ।
मधेसी मोर्चाको बन्दका कारण बिहीबार १३ औं दिन पनि सदरमुकाम गौरसहित गरुडा सम्मका सबै बजार, यातायात, शिक्षण सँस्था तथा निजी तथा सरकारी बैंकहरु समेत बन्द रहको छ ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




रोमनबाट नेपालीमा लेख्न 'ने' मा क्लिक गर्नुहोस् ।

- See more at: http://www.onlinekhabar.com/2015/08/317656/#sthash.BM40qF57.dpuf

No comments:

Post a Comment