Sunday, August 30, 2015

अमेरिकाको भिसा त्यागेर नेपालमै गाईफार्मका मालिक, वाषिर्क कमाई पाँच करोड

१३ भदौ, काठमाडौं । सरकारले पीआरधारी कर्मचारीलाई कि जागिर कि पीआर त्याग्न अल्टिमेटम दिएपछि अधिकांश कर्मचारी जागिर नै छाडेर अमेरिका रोजेका छन् । तर रुपन्देही टिकुलीगढका शशीधर शर्मा पौडेल भने अमेरिकी भिसा त्यागेर देशमै गाईफार्म सञ्चालन गरेर बसेका छन् । १५ वर्षअघि सरकारी विद्यालयमा...

विमानस्थल भन्सारमा कर्मचारी शून्य, ३० जनालाई स्पष्टीकरण सोधियो

१३ भदौ, काठमाडौं । भन्सारमा कर्मचारी नै नभएका कारण टर्किस एयरको विमानबाट आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सबै यात्रु भन्सार जाँचपास नगराई बाहिरिए । सुरक्षा सम्बद्ध स्रोतका अनुसार इस्तानबुलबाट आएको टिके ७२६ उडानबाट एक सय ४४ जना उत्रिएका थिए । विमान बिहान ६...

उपत्यकाबासीका आँखामा डरलाग्दो रोग !

१३ भदौ, काठमाडौं । आँखाको भित्री भागमा संक्रमण भई ज्योतिसमेत गुम्न सक्ने डरलाग्दो सापु (सिजनल इन्डाफाल्मिटिस) रोग यसपटक पनि देखा परेको छ । राजधानीको तलिगंगा अाँखा प्रतिष्ठानमा दुई सातायता ६ जनाभन्दा बढी सापु रोगका बिरामीको उपचार भएको नयाँ पत्रिकामा खबर छ । के हो...

निजामती कर्मचारीको उमेर हद ६० बनाउन पहल

१३ भदौ, काठमाडौं । निजामती कर्मचारीको उमेर हद ५८ बाट बढाएर ६० पुर्‍याउन सरकारले निजामती सेवा ऐनको पाँचौ संशोधनको प्रक्रिया अघि बढाएको छ । यसका लागि सामान्य प्रशासन मन्त्रालयले आवश्यक राय परामर्शका लागि कर्मचारी ट्रेड युनियनहरुसँग पनि सुझाव माग गरिसकेको छ । चालू आर्थिक...

विदेश पढ्न जाने विद्यार्थीबाट वर्षमै १२ अर्ब बाहिरियो, साढे ३० हजारलाई अनुमति

१३ भदौ, काठमाडौं । अध्ययनका लागि नेपाली विद्यार्थी विदेश जाँदा वार्षिक करिब १२ अर्ब रुपैयाँ बाहिरिएको छ । विदेश अध्ययनमा जाने विद्यार्थी संख्या गत आर्थिक वर्षमा हालसम्मकै धेरै छ । शिक्षा मन्त्रालयका अनुसार गत आव ०७१/७२ मा ३० हजार ६ सय ९६ विद्यार्थीले विदेश...

आइतबारका दैनिक पत्रिकामा छापिएका कार्टुन

१ अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको कार्टुन २ कारोबार दैनिकमा छापिएको कार्टुन ३ राजधानी दैनिकमा छापिएको कार्टुन...

अाइतबारका दैनिक पत्रिकामा मुख्य खबर

राजधानीबाट अाइतबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले फुटबलमा नेपालले २२ वर्षपछि अन्तरार्ष्टिय उपाधि प्राप्त गरेको, वार्ताका लागि अान्दोलनरत दलहरूले सर्त राखेको लगायतका खबरलार्इ प्राथमिकताका साथ छापेका छन् ।  ...

आइतबारका दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट आइतबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले १४९ मुलुकसँग ब्यापारघाटा, पुँजी बजारमा संयुक्त कोष आउँदै, प्याज उपभोक्ता मूल्य प्रतिकिलो एक सय ५० रुपैयाँ, बैंकका २७ कर्मचारी कारबाही शीर्षकमा प्रमुख समाचार छापेका छन् । कारोबार दैनिकमा १४९ मुलुकसँग ब्यापारघाटा, डलर पीपीए नीति बनाउन फेरि अर्को...

इन्द्रजात्राको रथ दिउँसै तानिने

१२ भदौ, काठमाडौं । यो वर्षको इन्जजात्राको रथ दिउँसै तानेर साँझसम्ममा सम्पन्न गरिने भएको छ । गुठी संस्थानले शुक्रबार इन्द्रजात्रा मनाउने विषयमा छलफल गर्न पहिलोपटक बोलाएको बैठकमा अधिकांश सरोकारवालले दिउँसै तान्ने सल्लाह दिएका हुन् । शक्तिशाली भूकम्पका कारण क्षतिग्रस्त राजधानीको सम्पदाक्षेत्रमा साँझपख रथ तान्दा...

काठमाडौंमा क्यान्सर निम्त्याउने प्रदूषण

१२ भदौ, काठमाडौं । उपत्यकामा क्यान्सरको कारकका रूपमा रहेको हानिकारक प्रदूषणको मात्रा उच्च भेटिएको छ। विश्वभरिका विज्ञहरूले काठमाडौं आसपासका क्षेत्रमा गरेको अध्ययनले वायु प्रदूषणको एउटा तत्वका रूपमा रहेको पोलिसाइक्लिक अरोम्याटिक हाइड्रोकार्बन (पीएएचएस) तथा टक्सिक इक्युभेलेन्ट क्वान्टिटी, (टीईक्यू) विशालु तत्व विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा...

सचिव र सहसचिवलाई सुविधै सुविधा, सरुवा हुँदा गाडी सँगै लान पाउने, चालक खर्च मासिक १८५००

१२ भदौ, काठमाडौं । सरकारले सवारीसाधन सञ्चालन तथा मर्मतको नाममा सचिव र सहसचिवलाई अथाह सुविधा दिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सवारीसाधन (सञ्चालन तथा मर्मत) निर्देशिका, ०७२ जारी गरेको हो । निर्देशिका राजपत्रमा समेत प्रकाशित
- See more at: http://www.onlinekhabar.com/category/newpapers/#sthash.aQYaNIvg.dpuf

No comments:

Post a Comment